पोखरा ३१ मा एमालेको १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन
पाेखरा | कात्तिक ५, २०७९
पोखरा : नेकपा एमाले पोखरा महानगरपालिका वडा नम्बर ३१ मा १ हजार १ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचन लक्षित उम्मेदवार भेटघाट तथा चाडपर्व विशेष शुभकामना आदानप्रदान कार्यक्रमसँगै शनिवार निर्वाचन परिचालन कमिटि गठन गरिएको हो ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभाका प्रत्यासी उम्मेदवार मनबहादुर गुरूङले विधि र पद्धतिमा चल्ने एक मात्र पाटी एमाले भएकोले देशको विकास गर्नको लागि एमालेलाई जिताउनुको विकल्प नभएको बताए । उनले एमाले दुःखी र गरिवको पाटी भएको बताउँदै भूमिहिनका समस्या समाधान गर्ने पाटी एमाले मात्रै भएको जिकिर गरे ।
देशमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन नआएकोले अवस्थामा परिवर्तन ल्याउने पाटी एमाले बाहेक अर्को विकल्प नभएको उनको भनाई छ । उनले देशमा विकासको मुल फूटाउन एमालेलाई बहुमतले विजय गराउन अनुरोध गरेका छन् ।
कार्यक्रममा नेकपा एमालेको तर्फबाट कास्की १ (क) का प्रदेश सभाका उम्मेदवार खगराज अधिकारीले आशा र विश्वसनियता भएको पाटी एमाले भएको बताउँदै अव बन्ने एमालेको प्रदेश सरकारले गण्डकी प्रदेशमा विकासको लहर ल्याउँने बताउँदै यसको लागि एमालेलाई बहुमतले विजयी गराउन मतादातासँग आग्रह गरे ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

